बढ्यो सुनको भाउ

काठमाडौँ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ । 

आतबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ निर्धारण  गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य ९४५ रुपैयाँ तोकिएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर