राजस्व छलीको अभियोगमा वडा सचिवसहित चार जना विरुद्ध मुद्दा

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आइतवार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ। आयोगले नेपाल सरकारलाई प्राप्त हुने दुई लाख ७१ हजार ४२६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको जनाएको छ।

आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध दुई लाख ७१ हजार ४२६ रुपैयाँ, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध एक लाख १७ हजार २२८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। उनीहरुलाई बिगोअनुसारको कारबाहीको माग गर्दै आइतवार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर