• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

धान दिवस : हेर्नुस् नेपालमा मन्त्रीदेखि कलाकारसम्मले गरेका ‘उट्पट्याङ’

काठमाडौं । असार १५ लाई नेपालीहरुले ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा लिन्छन् । ०६२ असार १५ देखि नेपालमा मनाउँदै आइएको ‘धान दिवस’ कृषकले दही–चिउरा खाएर असारे भाका गाउँदै रोपाँई सुरु गर्ने गर्छन् भने खेती–पाती नगर्नेले अरुको खेतमा गएर धान रोप्ने र हिलो खेलेर धान दिवस मनाउने प्रचलन बढेको छ । 

पहिला–पहिला असार १५ को महत्व कृषक समुदायमा मात्रै महत्वपूर्ण मानिन्थ्यो । विसं २०६१ मा राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । 

असार पन्ध्रको दिनलाई औपचारिक रुपमा घोषणा गरिएपछि कृषक मात्रै नभएर कृषि मन्त्रालयका कर्मचारी, अन्य पेशा तथा व्यवसायका व्यक्ति र विदेशी पर्यटकसमेत हिलोमा पसेर धान रोप्ने र हिलो खेल्ने प्रचलन बढेको छ । वास्तवमा कृषकलाई हिलोसँग खेल्ने त्यत्रो जाँगर हुँदैन किनकि उनीहरु वर्षभरी हिलो–माटोसँगै खेलिरहेका हुन्छन् । यद्यपि, धान दिवसको दिनमा मात्रै धान रोप्न पुगेकाहरु भने हिलोसँग मज्जाले खेल्ने र नाच गान गर्ने गर्छन् । 

असार पन्ध्रमा हिलो खेल्ने र असारे भाका गाउँदै नाच्ने नेपाली कृषकको संस्कृति हो । तर पछिल्लो समयमा रोपाँई र हिलोसँग खेल्ने क्रममा उट्पट्याङ हर्कत गर्नेहरु पनि बढेका छन् । कृषिमन्त्रीदेखि सेटिब्रेटी तथा युवायुवतीसम्म धान दिवसमा धानको ब्याड र हिलोको नाममा अश्लिल र उट्पट्याङ गतिविधि गर्ने गर्छन् । हेरौँ केही उदाहरणहरुः

कृषिमन्त्री पराजुलीको महिलामाथि दुर्व्यवहारः
वि.स. २०७२ सालको धान दिवसका दिन काठमाडौंमा आयोजित कार्यक्रममा १५ मिनेट भाषण गरेपछि खेतमा उत्रेका तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले सबै सीमा नाघे । रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलाई जबरजस्ती अंगालो हाल्न पुगे । 

उनी अगाडि देख्ने महिलालाई जबरजस्ती अंगालो हाल्थे र पूर्व चिनजान भएको दाबी गर्थे । मन्त्रीले अश्लिल हर्कत गरेपछि महिलाहरू भने रिसाए । अनिच्छापूर्बक अंगालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गाली समेत गरेका थिए । यस्तो हर्कतका कारण पराजुलीले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । 

गमलामा धान रोप्ने कृषिमन्त्रीः 
वि.स. २०७३ सालको राष्ट्रिय धान दिवसको अवसारमा तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेलले कृषि अनुसन्धान परिषद् (नार्क)को सभाहलमा रातो कार्पेटमाथि राखिएको गमलामा धान रोपेका थिए । गमलामा धान रोपेको भन्दै मन्त्री गजुरेलको सर्वत्र आलोचना भएको थियो । त्यसको भोलिपल्टै कञ्चनपुरको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा गमलामा धान रोप्नु गल्ती भएको भन्दै कमजोरी स्विकार गरेका थिए । 

गोप्य अंगलाई धानको ब्याडले छोप्ने मोडलः
गत वर्षको धान दिवसको दिन एक नेपाली मोडलले आफ्ना शरीरका गोप्य अंगलाई धानको ब्याडले छोपेको तस्विर सामाजिक सञ्जालमा भाइरले भएको थियो ।

एक सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी मोडल रितिका जिरेलले नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफूले यसरी रोपाईं गरेको बताइएकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर