• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

के ट्रम्प पक्राउ पर्न सक्छन् ? पक्राउ पुर्जी जारी गर्दै इरानले इन्टरपोलसँग माग्यो सहयोग

एजेन्सी । बग्दादमा ड्रोन आक्रमणमा एक शीर्ष इरानी सेना प्रमुखको मृत्युलाई लिएर इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दर्जनौँ अन्य व्यक्तिको गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ । 

इरानले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । 

तेहरानका अभियोजनका अली अल्क्वासिमेरले उनीहरूमाथि हत्या र आतंकवादको अभियोग लगाइएको बताए । ट्रम्पबाहेक अरू क–कसलाई पुर्जी जारी गरिएको हो भन्नेबारे उनले खुलाएनन् । ट्रम्प राष्ट्रपतिबाट हटेपछि पनि इरानले उनलाई पक्रने उनको भनाइ छ।  

फ्रान्सको लियोनमा मुख्यालय रहेको इन्टरपोलले इरानी अनुरोधबारे कुनै प्रतिक्रिया दिएको छैन । अल्क्वासिमेरले इन्टरपोलसँग ट्रम्प र उनका अन्य अधिकारीमाथि रेड नोटिस जारी गर्न अनुरोध गरिएको बताए ।

इरानको यस कदमले ट्रम्पलाई गिरफ्तारीको कुनै खतरा छैन, तर यी आरोपहरुबाट इरान र अमेरिकाबीच बढ्दो तनाव स्पष्ट भएको छ । इरान र विश्वका प्रमुख शक्तिहरुसँग भएको परमाणु सम्झौताबाट अलग हुने ट्रम्पको घोषणापछि दुवै देशबीच तनाव बढ्दो छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर