• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतमा एकैदिन १८ हजार बढीमा कोरोना संक्रमण, ४ सय बढीको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण भारतमा एकै दिन ४ सया १७ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय ४ पुगेको छ ।

भारतमा एकै दिन १८ हजार ३ सया ३९ जना नयाँ कोरोना संक्रमित थपिएको वर्ल्ड मटरको तथ्याङकले जनाएको छ यसरी भारतमा कुल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ । 

संक्रमित मध्ये ३ लाख ३५ हजार २ सय ७२ जना उपचारपछि घर फर्केका छन् भने २ लाख १५ हजार ३ सया ६० जना उपचारगराइरहेका छन् ।जसमध्ये ८ हजार ९ सया ४४ जनाको अवस्था गम्भिर छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर