• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको मौसम : धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल सुदर पश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम दक्षिण पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर