• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कास्कीमा ८ जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराले जनाएको छ ।

नयाँ संक्रमण संक्रमण पुष्टि हुनेहरुमा गण्डकी प्रदेशका ४ जिल्ला कास्कीमा ८, तनहुँका ५, स्याङ्जामा १ र लमजुङ्गमा ३ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको ।साथै गण्डकी प्रदेशमा कोरोना संक्रमित २१४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर