• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हवाई सेवा र सार्वजनिक यातायात साउनपछि मात्रै खुल्ला गर्ने सरकारको तयारी

काठमाडौं । हवाई सेवा र सार्वजनिक यातायात साउनपछि खुल्ने भएको छ । त्ष्यस्तै स्कुल कलेज सञ्चालन भने भदौपछिमात्र गर्ने तयारी सरकारको छ ।  मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनको अहिलको अवस्थालाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।

हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने निर्णय भएको ती मन्त्रीले जानकारी दिए । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी भएको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर