• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

काँग्रेस केन्द्रीय समिति बस्दै, महाधिवेशन कार्यतालिका हेरफेरबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जनको निर्णय हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । 

बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिबेशनको मिति परिमार्जन गर्ने कांग्रेसले जनाएको छ । यसअघि  गत आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिबेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो । 

 गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिबेशन आगामी फागुन ७-१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गर्दै महाधिबेशन कार्यतालिका तय गरेको थियो । तर कोरोनाका कारण पूर्वनिर्धारित तालिका प्रभावित भएपछि कांग्रेसले त्यसलाई हेरफेर गर्न लागेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर