• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन जाने

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन जाने भएका छन् ।

अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनमा अनुन्धान टोली पठाउन लागिएको डब्लूएचओले बताएको छ। टोली आगामी हप्ता चीन प्रस्थान गर्नेछ र विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पनन्न भएको रहेछ भनेर पत्ता लगाउन प्रयास गर्नेछ। 

कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनाम गिब्रयेसासले भिडियो प्रेस कन्फ्रेन्समा भने, , ‘जब हामीलाई भाइरसका बारेमा सबै कुरा थाहा हुन्छ, बल्ल त्योसँग राम्रोसँग लड्न सकिन्छ । यो कहाँबाट आएको भन्ने पत्ता लगाउनु जरुरी छ । हामी आउने हप्ता एक टोलीलाई चीन पठाउँदै छौं । यसबाट भाइरसका बारेमा बुझ्न मद्दत मिल्ने आशा छ ।’
वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर