नेहा कक्कडको इन्स्ट्राग्राममा ४० मिलियन फलोअर्स

एजेन्सी । भारतीय चर्चित गायिका नेहा कक्कडको इन्स्ट्राग्राममा ४० मिलियन फलोअर्स पुगेको छ । उनले यही खुसीयालीमा आफ्नो परिवारको साथमा केक काटेर फ्यानलाई धन्यबाद दिएकी छन् ।

नेहाले आफ्नो आवाजको कारण लाखौँ फ्यान बनाएकी छन् । उनलाई भारतका मानिसहरु मात्र होइन उनको आवाजलाई विश्वभरका मानिसहरुले मन पराउँछन् । यही कारण उनको फलोअर्स संख्या बढ्दो क्रममा छ।  यही खुसीमा नेहाले केक काटेको एक भिडियो सेयर गरेकी छन् । 

नेहाले भिडियो सेयर गर्दै लेखेकी छन् –‘४० मिलियन यो सपना त थिइन । यति धेरै मायाको लागि धेरै धेरै धन्यवाद ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर