नक्कली भ्याटबिल बनाएर राजस्व ठगी गर्ने विरुद्ध ४० करोड विगो मागदावी गर्दै अदालतमा मुद्दा

काठमाडौं । लकडाउन खुकुलो भएसँगै राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने व्यवसायिक फर्मलाई मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा विभिन्न फर्मलाई ४० करोड रुपैयाँ बिगो कायम राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगर वडा नम्बर २५ को न्यू सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर सागर किजुलाइ ३२ करोड बिगो कायम राखेर मुद्दा दर्ता गरेको छ ।

यस्तै नक्कली भ्याटबिल प्रयोग गरेको आरोपमा बिकोई स्काई बंगलामुखी जेभीका संचालक रोशनकुमार श्रेष्ठलाई ८ करोड बिगो राखेर मुद्दा दायर गरेको छ ।

यस्तै विभागले भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिमलाई ६ किलो २८९ ग्राम सुन चोरी पैठारी गरेको आरेपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम राखेर उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको छ ।

यस्तै भारतीय नागरिक शविकुमार शर्मा र पप्पुकमारलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ करोड ७५ लाख बिगो कायम राखेर उच्च अदालत बिराटनगरमा मुद्दा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर