राजेश हमालको फ्यानसँग माफि माग्दै दिपा लेख्छिन्– ‘ उहाँ सुपरस्टार नै होइन भन्ने हैसियत मेरो थिएन’

काठमाडौं । हास्य कलाकार तथा ‘छक्का पञ्जा श्रृंखला’ का निर्देशक दिपाश्री निरौलाले महानायक राजेश हमालका फ्यानसँग माफी मागेकी छिन् । यस्तै उनले राजेश हमाललाई महानायक नमान्ने आफ्नौ हैसियत नभएको समेत आफ्नो फेसबुक स्टाटसमा स्पष्ट पारेकी छिन् । उनले राजेश हमाललाई दिइएको महानायक पदवीप्रति एक  टेलिभिजन अन्तर्वातामा आफ्नो धारण राखेकी थिइन् । जसको कारण महानायकका फ्यान उनी माथि भड्किएका थिए ।

सामाजिक सञ्जालमा राजेश हमालका फ्यानले दिपाको बारेमा धेरै नराम्रा शब्दहरुको प्रयोग गर्दै ट्रोल गरेका थिए । जसको कारण दीपाले आफूले बताउन खाजेको आशय राजेशको फ्यानलाई बुझाउँदै माफि मागेकी हु्न् ।

उनले फेसबुकमा लेखेकी छन् –आदरणीय साथिहरूस्भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ.. के प्रधानमंत्री, के महानायक, के कलाकार , अथवा के भगवान सबै संग गुनासो गर्न पाइन्छ , एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केहि आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो !!!राजेश हमाल लाइ सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन , छैन र हुने पनि छैन , मेरो पहिलो चलचित्रको नायक हो उहा‘, उहा‘लाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! .........

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर