जनकपुरधामका वडाहरु : जसले विकासको अनुभूति गर्नै सकेनन्

जनकपुरधाम । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा कुल १६ वडाहरु मात्रै थिए । पछि जनकपुरधामलाई उपमहानगरपालिका बनाउँदा ९ वटा वडाहरुलाई थपेर उपमहानगरपालिका बनाइयो । नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि स्थानिय तहरुको चुनाव भयो ।

चुनावबाट झण्डै २० वर्षपछि स्थानीयहरुले स्थानीय जनप्रतिनिधिहरु पाए । स्थानीयहरु खुशी पनि थिए । २० वर्षदेखि जनप्रतिनिध विहिन रहेकोे अवस्था जनप्रतिनिधिहरु आएपछि विकासको लहर आउँछ भन्ने विश्वास लिएका थिए । तर जनकपुरधामवासी भएपछि पनि गाभिएका वडाका वासीहरु आफूहरु अझै विकासको अनुभूति गर्न नसकेको बताउँछन । 

साढे ३ वर्ष अगाडी जनकपुरधामलाई उपमहानगरपालिका बनाउँदा जस्तै देवपूरा रुपैठा, विन्दही, वसविट्टी, कनकपट्टी, मनहरपुर लगायतका विभिन्न गाउँहरु समेटेर ९ वटा वडाहरु थपिए । थपिएका ती वडाहरुमा अहिले पनि विकासले नछोएको स्थानीयहरुको गुनासो छ । 

थपिएको गाउँहरुमध्ये एक हो वसविट्टी जो अहिले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२मा पर्छ । वसविट्टी ऐतिहासिक तथा पौराणिक हिसाबले जनकपुरधामको महत्वपूर्ण स्थल हो । यो वडा भएर पवित्र दूधमती नदीको बहाव समेत रहेको छ । यहाँ प्रत्येक वर्ष जानकी नवमीका दिन साधु सन्तहरु हजारौँको संख्यामा शाही स्नान गर्ने गर्छन् । जनकपुरधामको लागि यति महत्वपूर्ण स्थल रहेको वसविट्टी प्रवेश गर्ने वित्तिकै हिलाम्यै सडकले स्वागत गर्छ । लाग्दैन त्यहाँ विकासको लहर चलेको छ ।  

त्यहाँका स्थानीयहरु भन्छन् हामीहरु पहिलेभन्दा बढी कर बुझाउँदै आई रहेका छौँ, तर विकास मानौँ पहिलेभन्दा पनि सुस्त गतिमा भई रहेको छ स्थानीय राम नरेश यादवले गुनासो पोखे ।  उनले भने ‘बजेट प्रत्येक वर्ष आउँछ सुन्छौ्रँ तर खोई बजेट कहाँ जान्छ हामीलाई थाहा छैन ।’ उनले अगाडी भने ‘दुई महिना पहिलेदेखि नै वडाध्यक्षलाई भन्दै आई रहेका छौँ तर हेर्नुस हाम्रो वडाको अवस्था नर्क जस्तै भएको छ ।’ 

वसविट्टीकै अर्का स्थानीय रामकिशोर पाण्डे ट्रैक्टर चालक छन् । उनको ट्रैक्टर कयो पटक हिलाम्यै सडकमा फसि सकेको छ । उनी भन्छन् ‘गाडीको कुरैै छोडौँ यस्तो हिलाम्यै सडकमा त पशु चौपायाहरु समेत फस्छन् ।‘  तर जनप्रतिनिधिहरु आएको ३ वर्ष भएपनि मस्त निद्रामै सुतेको पाण्डेको आरोप छ । हामी गाविस नै ठीक थियो पाण्डेले भने ‘उपमहानगरपालिकामा गाभिएपछि कर पनि बढी बुझाउन परिरहेको छ, विकास भने आशा गरे अनुरुप हुन सकेको छैेन ।’

सोही वडाकी विन्दा पाण्डेको घर अगाडी पीसीसी सडक बन्ने सुनेर औँधी खुशी थिइन् । सडक निर्माण गर्नका लागि ५ लाख रकम पनि निकासा भयो । तर सडक नबन्दै जनप्रतिनिधिहरु सबै पैसा खाई दिए विन्दाको आरोप छ । ५ लाखको लागतमा निर्माण गर्न लागिएको पीसीसी ढलान त भएन तर ५० मिटर जती ईछा ओछ्याएर सबै रकम सकि सक्योे भन्दै काम नै रोकेको उनले बताए । 

यता जनकपुरधाम उपमहानगरपालिका वडा ननम्बर २२का वडाध्ययक्ष शिवरतन पाण्डेले आफू स्थानीयहरुको अपेक्षाहरुलाई स्वभाविक रुपमा लिएको बताए । उनले विकास निर्माणका कार्यहरु नभएका होेइनन् भएका छन् तर नगरपालिकाबाट जति बजेट आउँछ सोही बजेटबाट विकासका कार्यहरु गर्ने हो नि ? प्रश्न गरे । उनले भने ‘पहिलो वर्ष ३५ लाख, दोस्रोे वर्ष ५१ र यो वर्ष ५५ लाख रुपैया छुट्याइएको छ, यो रकमबाट नै पूरै वडामा काम गर्नु पर्छ ।’

वडाध्यक्ष शिवरतन पाण्डेका अनुसार वडामा हुलाकी सडक अन्तर्गत जनकपुरधाम भ्रमरपुरा, विन्दही कुर्था सडकखण्डको कार्य संघ सरकारले गर्दै छ, दूधमती सौन्दर्यीकरणका कार्यहरु आउने दिनमा अगाडी बढाइने छ, नगर विकास कोषबाट ५२ लाखको सडक निर्माणका कार्यहरु भएको छ । उनले वडामा विभिन्न सडकहरु समेत निर्माण भएको र आगामी आर्थिक वर्षमा बाँकी रहेका सडकहरुको पीसीसी ढलान हुने दावी गरे ।

जनकपुरधामलाई उपमहानगरपालिका बनाउँदा कनकपट्टी, मनहरपुर, कटरैत लगायतका गाउँहरु समेटेर जनकपुरधामको वडा नम्बर १७मा गाभिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७कि अनामिका मण्डललाई जागिरका लागि प्रत्येक दिन जनकपुरधाम पुग्नु पर्छ । तर मनहरपुरको देखि जनकपुरधाम आउने सडक बिच बिचमा  एकदमै जिर्ण अवस्थामा रहेकोले सास्ती खेप्नु पर्छ । उनले भनिन् ‘हामी नाम मात्रको उपमहानगरपालिकामा छौँ, वास्तविकता त यही हो हामी अझै पनि गाउँमा छौँ ।’

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १७का वडाध्यक्ष परमेश्वर यादवले उपमहानगरबाट जति बजेट आउँछ त्यहीँबाट विकास गर्ने हो बाँकीका लागि बजेट कहाँबाट ल्याउने बताए ।  उनले भने ‘वडाको विकासका लागि वडाको बजेट मात्रै पर्याप्त छैन, प्रदेश तथा संघ सरकारले यो वडामा लगगानी नै नगरेको अनुभूति भई रहेको छ ।’ उनले ३ वर्षको कार्यमालमा मैले कयो सडकहरु ढलान गरेको दावी गरे । 

जनकपुरधाममा ९ वटा वडाहरु गाभिएको ३ वर्षभन्दा बढी समय भईसकेको छ । यो ३ वर्षको अवधीमा जनप्रतिनिधिहरुले जनताको मन जित्न सकेका छैनन् । बाँकी रहेको दुई वर्षमा कुुनै यस्तो चमत्कार गर्न सक्लान जसले स्थानीयहरु आफ्नो जनप्रतिनिधको प्रशंसा गरोस । यसका लागि बाँकी दुई वर्ष कुर्नै पर्ला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर