• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लिभरपुललाई सिटीले ४–० गोल अन्तरले हरायो

इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

आज विहान भएको खेलमा २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले अग्रता दोब्बर बनाए । फोडेनले ४५ औं मिनेटमा गोल गर्दै लिभरपुलाई सुरुमै दबाबमा ल्याएको थियो ।

पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो । ६६ औं मिनेटमा लिभरपुलका च्याम्बर्लिङले आत्मघात गोल गरेका थिए ।

दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर