दुर्गेश थापाको तीज गीत  ‘बिच्च बिच्चमा २’ सार्वजनिक

काठमाडौं  ।  चर्चित गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा २’ सार्वजनिक भएको छ । गायक थापाको स्वरमा एउटा फोटो खिच बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो । 

गीतमा थापाकै शब्द तथा संगीत रहेको छ । यस गीतमा हरितालिका तीज, कोरोना, लकडाउन र देशको राजनीतिक अवस्था बारे चर्चा गरिएको छ । 

यस गीतको भिडियोमा दुर्गेश थापा सहित  जीवन शाहनी क्षेत्री, जीबि चिरन, दिपाशा विसी, अस्मिता जुरेली, टिका जैशी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायतको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर