नेपोटिज्मको विवादबीच बलिउडमा डेब्यु गर्न तयार ‘स्टार किड्स’

एजेन्सी । सुशान्त सिंह राजपुतको निधनपछि सामाजिक सञ्जालमा नेपोटिज्मको विवाद सुरु भएको छ । यस विवादमा करण जोहर, आलिया भट्ट लगायतका कालाकार मूख्य निसानामा परेका छन् । 

ठूला फिल्म कम्पनीले स्टार किड्सलाई मात्र प्राथमिकतामा राखेर आफ्नो फिल्ममा डेब्यु गराउने नियम जस्तै बन्दै गएको छ । यही विषयमा गाउँबाट संघर्ष गरेर बलिउडसम्म आएका कलाकार पछाडि परेका धेरै उदाहरण छ । कलाकारले नै बलिउडमा नेपोटिज्म हाबी भएको घटना सार्वजनिक गरिरदा केही स्टार किड्स डेब्युको तयारीमा छन् ।

अहान शेट्टी
यसमा सबै भन्दा अगाडी अभिनेता सुनिल शेट्टीको छोरा अहान शेट्टीको नाम आएको छ । जसलाई निर्माता साजिद नाडियावालाले बलिउडमा डेब्यु गराउँदैछन् । अहान तेगुल हिट फिल्म आरएक्स १०० को रिमेकबाट बलिउडमा डेब्यु गदैछन् । 

इब्राहिम अलि खान
सैफ अली खान र अमृता सिंहको छोरा इब्राहिम अली खान बलिउडमा डेब्युको लागि लाइनमा छन् । इब्राहिमको डेब्यु प्रोजेक्टको बारेमा केही पनि सार्वजनिक भएको छैन । तर म्याग्जिनमा इब्राहिमको सक्रियाता देखेर सामाजिक सञ्जालमा मानिसहरुले बलिउडमा डेब्युको संकेत रहेको तर्क गरिरहेका छन् । इब्राहिमलाई अभिनय पनि धेरै मन पर्छ । 

सुहाना खान 
शहरुख खान र गौरी खानको छोरी हुन् सुहाना खान । सुहाना एक सर्ट फिलम ‘द ग्रे पार्ट अफ ब्लू’ मा देखिसकेकी छन् । एक अन्तर्वातामा सुहानाले आफूलाई अभिनयमा धेरै रुचि भएको बताएकी छन् । साथै फिल्मको लागि प्रस्ताव आएमा काम गर्ने इच्छा रहेको बताएकी थिइन् । 

शनाया कपुर 
शनाया कपुर अनिल कपुरको सानो भाई सन्जय कपुर र महिप कपुरको छोरी हुन् । शनायाले आफ्नो बहिनी जाहनवी कपुरको फिल्म गुन्जन सक्सेनामा काम गरिसकेकी छन् । उनी पनि फिलममा मूख्य भूमिकाको प्रतिक्षामा छिन् । 

इरा खान 
ऋामिर खान र रीना दत्ताको छोरी इरा खान बलिउडमा प्रवेश गर्ने संकेत देखिएको छ । इराले प्ले मिडियाको निर्देशन गरेकी छन् । जसबाट उनी चर्चामा छिन् । जसमा युवराज सिंहको श्रीमति हेजल किचको मूख्य भूमिका रहेको छ । 

इशवद्र्धन आहुजा
हिरा नम्बर वन गोबिन्दाको छोरा यशवद्र्धन आहुजा पनि बलिउडमा डेब्यु गर्न लाइनमै छन् । टाइम्स अफ इन्डियाको खबर अनुसार उनी साजिद नाडियाडवालाको मार्केटिङ टिममा काम गरिहेका छन् । उनी आफ्नो बुबाले जस्तै कमेडिबाट आफ्नो करियर सुरु गर्न चाहन्छन् ।
 


 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर