• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पार्टी एकढिक्का राख्न ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता शुरु

सहमतिको बाटो पहिल्याउन उहाँहरु (ओली–प्रचण्ड) बस्दै हुनुहुन्छः महासचिव पौडेल

काठमाडौं । नेकपाको स्थायी कमिटी जारी रहँदै पार्टीमा देखा परेको गम्भीर संकट पार लगाउनकाका निम्ति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट शुरु भएको छ ।

स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामाको मागपछि अहिले पार्टी विभाजनको संघारमा पुगेको भनि एकथरीले प्रचार गरिरहेका छन् । अध्यक्षद्वयलाई दूतका रुपमा उनीहरु निकट तेस्रो तहका नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् ।

पार्टीभित्रको अन्र्तसंघर्षले अन्मित रुप लिएकाले सम्झौता वा ‘युद्धविराम’मा गरेर सहमतीयको बाटो पहिल्याउने तयारी बारे छलफल भएको छ । ‘केही बेरमा उहाँहरु (प्रधानमन्त्री ओली र प्रचण्ड)बीच छलफल हुँदैछ । उहाँहरुले सहमतिको बाटो निकाल्नु हुन्छ भन्ने छ’, महासचिव विष्णु पौडेलले समाचार दैनिकसँग भने । 

अहिले अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगिसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर