कर्णाली प्रदेश अस्पतालको ओपिडि सेवा २१ गतेबाट सञ्चालनमा आउने 

सुर्खेत । कर्णाली प्रदेश अस्पतालको ओपिडि सेवा असार २१ गते (आइतवार)बाट सञ्चालनमा आउने भएको छ । अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले शुक्रवार एउटा सुचना निकाल्दै बन्द गरिएको अस्पतालको ओपिडि सेवा संचालनमा ल्याउने जानकारी दिएका हुन् ।

निर्देशक डाक्टर खड्काले  शुक्रवार प्रकाशित गरेको सुचना भनिएको छ, ‘केहि समयको लागि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोको थामको लागि बन्द गर्नु परेको ओ।पि।डि। सेवा अब २१ गते आइतवारबाट सञ्चालनमा आउने छ । 

यहि असार ११ गते कर्णाली प्रदेश अस्पतालमा कार्यरत ९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस संक्रमण देखिए पछि अस्पतालको आपतकालिन सेवा बाहेक अरु सबै सेवा बन्द गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर