• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 08:38 pm

अदालतका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं। जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रूपमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको छ।

ठगी मुद्दामा सहजीकरण गर्ने भन्दै करारमा कार्यरत चौधरीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएअुनसार चौधरीले थुनछेक आदेशको क्रममा धरौटीमा छोड्ने प्रयोजनमा सहजीकरण गर्ने भन्दै मुद्दाका व्यक्तिसँग दुई लाख रूपैयाँ लिएको अनुसन्धानमा खुलेको थियो। 

अख्तियारले दुई लाख रूपैयाँ बिगो दाबी कायम गरी आज विशेष अदालत काठमाडौंमा चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

  • २० श्रावण, २०७७

चितवन । माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

  • २० श्रावण, २०७७

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको

कोरोनाको आशंकामा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६० जनाको स्वाब संकलन

  • २० श्रावण, २०७७

काठमााडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ