• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको सहज जित

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसंगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । जितसंगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ ।

मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ । पछिल्लो हारले उसमाथि रेलिगेशनको खतरा थप बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर