• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बाबा नागर्जुनका कविताः दलित र गरिबका आवाज 

राहुल सांस्कृत्यायन पछि बाबालाई हिन्दी घुम्ने साहित्यको सबै भन्दा ठूलो व्यक्तिको गौरब मिलेको थियो । बाबाको औपचारक शिक्षा बढी हुन सकेनन् । उनले जीवनको अनुभवबाट नै सबै कुरा सिकेका हुन् । जसले हिन्दीका कविताहरु लेखे अनि त्यही नै अमूल्य धरहरा हो ।

जनता मलाई सोधिरहेका छन् म के भनु
म एक आम कवि हुँ म सिधा भन्छु किन हतारिऊ
यी पंक्तिहरु वास्तवमा जन कवि बाबा नागार्जुनको पहिचान हो । उनका स्पष्ट रुपमा प्रचार–प्रसार र सार्वजनिक चासोका मुद्दाहरु विशेषता रहेका छन् । बाबा नागार्जुन, जसले आफ्नो समयको प्रत्येक महत्वपूर्ण घटनालाई आक्रमण गर्ने कविता लेखेका थिए । उनी एक चौकीदार व्यक्ति थिए । जसले धेरै विद्या र भाषाहरुका साथ साथै जनआन्दोलनमा व्यापक रुपमा भाग लिएका थिए । साथै कुशासनको विरुद्ध सशक्त भएर उभिएका थिए । 

रोजी रोटी हकको शब्दहरु पनि मुखमा आउँछ
रोजी रोटी हकको शब्दहरु पनि मुखमा आउँछ
जो भए पनि ऊ कम्युनिष्ट कहलाउने छ
गरिबी, अन्याय, अत्याचार कुशासनबिरुद्ध आवाज उठाउने बाबा नागार्जुनको जन्म सन् १९११ जुन ३० मा बिहारको मधुबनी जिल्लाको सतलखा गाउँमा भएको हो । उनको वास्तविक नाम वैद्यनाथ मिश्र हो । तर हिन्दी साहित्यमा ‘नागार्जुन’ र मैथिली मा ‘यात्री’ नामबाट उनले कविताहरु लेखेका छन् । उनको बुबा कृषक थिए । जीवन धान्नको लागि वरपरको गाउँमा पुजारीको काम गर्थे । सन् १९३५ मा उनी श्रीलंका गए । जहाँ उनले बौद्ध धर्मको दीक्षा ग्रहण गरे अनि आफ्नो वास्तविक  नाम त्यागेर ‘नागार्जुन’ नाम ग्रहण गरे ।

........
दुई हजार मन गहुँ दश गाउँको नाममा

जब उनी बौद्ध धर्मको दीक्षा लिएर स्वदेश फर्किए उनलाई ब्रम्हाण समुदायले सामाजिक बहिस्कार गर्यो । तर बाबाले यस्तो विषयको पनि कुनै वास्ता गरेनन् । राहुल सांस्कृत्यायन पछि बाबालाई हिन्दी घुम्ने साहित्यको सबै भन्दा ठूलो व्यक्तिको गौरब मिलेको थियो । बाबाको औपचारक शिक्षा बढी हुन सकेनन् । उनले जीवनको अनुभवबाट नै सबै कुरा सिकेका हुन् । जसले हिन्दीका कविताहरु लेखे अनि त्यही नै अमूल्य धरहरा हो । 
जब हजार मन गहँु आयो दश गाउँको नाम 
राधेले चक्कर काट्यो बिहान भयो बेलुका
सम्झौतामा ठूलो कठिनाइको साथ पग्लियो नेताराम
पूजा पाएर मौन भए हाकिम–हुक्काम

........
गरिब र दलितको आवाज 

स्पष्ट अवाज, तिक्ष्ण टिप्पणी गरिब र दलितहरुको आवाज  उनको कविताहरुमा प्रमुख रुपमा चित्रण भएका हुन्छन् । हिन्दी कवितामा सही अर्थमा, कवीरपछि त्यहाँ फक्कड र जनकविको उपाधी पाउने एक मात्र उत्तराधिकारी थिए नागार्जुन बाबा । 

घुकम्मडी स्वभावबीच बाबाको दिमागमा अस्थिर प्रकृति र उदासिनताको बैचनी थियो । जुन उनको कवितामा स्पष्ट रुपमा देख्न पाइन्थ्यो । बाबा सामाजिक चिन्ताका कवि थिए । स्वतन्त्रतापछि माहभ्रमको स्थिति आयो । त्यो समय उनलाई धेरै पीडा हुन्थ्यो । भ्रष्टचार र बैमानी देखेर खिन्न हुन्थे । तर उनी प्रशासनको कुकर्महरु स्पष्ट रुपमा कवितामा समावेश गर्थे । 

उनी घुमन्ते स्वभावका थिए । त्यसैले उनी यात्रा गर्न रुचाउँथे । तर उनीमा समाजको पिछडिएका, वञ्चित वर्ग, गरिबप्रतिकोे चिन्ता सधैं देखिन्थ्यो । जब सन् १९४१ तिर बिहारमा किसान आन्दोलित भए तब बाबा पनि सबै कुरा छोडेर आन्दोलनमा सहभागी भएका थिए । त्यही समय उनी जेल पनि गएका थिए । 
उनी सधैं आफ्नो समान समाजको सपना देख्थे । बाबा सधैं भन्थे–हामीले जनताबाट जे लिएका छांै, त्यो हामीले  कविताको रुपमा फिर्ता गर्नुपर्छ । त्यसैले उनको कविताले सत्तासँग सिधैं प्रश्न गरेको हुन्थ्यो । 
बापुको पनि ताउ निक्लियो तीनटै बाँदर बापुका
सरल सत्रले सम्झाए तीनै बादर बापुका
साँच्चै, जीवन दिन तयार थिए तीनै बादर बापुका
ज्ञानी निक्ले ध्यानी निक्ले तीनै बादर बापुका
आकाश ,पानी,जमिन बिहारी बाहिरियो तीनै बादर बापुका
स्मार्ट खेलाडीका रुपमा बाहिरिए तीनै बादर बापुका

.......
पाँच छोरा भारत माताको खुनखार दुश्मन थियो

साहित्य विज्ञहरुका अनुसार बाबाले सधैं गान्धीलाई सम्मान गर्थे । तर विस्तारै समय बित्दै गयो बाबाका अनुयायीका व्यवहारमा परिवर्तन आउँन लाग्यो । जुन व्यवहार बाबालाई मन परेन अनि उनले कविता लेखे–बापुको ताऊबाट निक्लयो तीन बाँदर बापुका !

आपतकालमा इन्दिरा गान्धीको नीतिबिरुद्ध सबै भन्दा मजबुद् आवाज उठाउने पहिलो व्यक्ति लोकनायक जयप्रकाश नारायण थिए । बाबालाई केही कुरामा पनि भारोसा जाग्यो भने उनी सबैलाई उत्साहित गर्थे तर भरोसा नै टुट्यो भने निरास हुन्थे । बाबा केही समय पटनामा केही बुद्धिजीविको साथमा जेपीको समर्थनमा उठेका थिए ।

उनी आफ्नो एक महत्वपूर्ण कवितामा देशका पाँच सैनिकलाई विशेष स्थान दिन्छन् । जसमा जेपी पनि रहेका छन् । कवितामा उनी अप्रत्यक्ष रुपमा जसलाई सहभागी गराउँथे उसमा चन्द्रशेखर आजाद, नेताजी सुभाषचन्द्र बोस, जिन्ना र जेपी लगायतका  केही बुद्धिजीवि वर्गहरु थिए ।

पाँच छोरा भारत माताको दुश्मन थियो खुनखार
गोलि लागेर एक मर्यो बाँकी रह्यो चार
भारत माताका चार छोरा निकै चलाख अनि प्रवण 
देश निकाला गरियो एकको बाँकी रह्यो तीन
भारत माताका तीन छोरा आफैँमा लड्न थाले
एक भयो अलग बाँकी रहयो दुई
के भयो तपाइँलाई के भयो ?

सन् १९७५ मा जब नागरिकका आधारभूत अधिकार कब्जा गर्न थाले । मानिसहरुलाई जेलमा राखिएको थियो । मानिसहरुलाई बोल्ने स्वतन्त्रता पनि थिएन । त्यसैले स्पष्टवादी कवि बाबाले कविता मार्फत् शाहसपूर्ण प्रश्नहरु सोधे–
के भयो तपाईंलाई के भयो 
सत्ताको नाममा बापुलाई नै भुल्नु भयो
इन्जु जी इन्दु जी के भयो

यस्तो सत्य बोल्ने शाहस नागार्जुन बाबा जस्ता व्यक्तिले मात्र गर्न सक्छन् । दोस्रो विश्वयुद्धपछि जब देश दुई भागमा बाँडियो अर्थात् केही देशहरुले अमेरिकी प्रणाली अर्थात् पूँजीवादी बाटो अपनाए भने केही देशले रशिया मार्फत् समाजवादी प्रक्रिया अप्नाए । 

त्यस समयमा विश्वका प्रगतिशील वर्गका मानिसहरुले रशियाको लागि धेरै लेखे । सबै प्रगतिशील कविहरुले जस्तै नागार्जुन बाबाले पनि रशिया र चीनको समर्थनमा धेरै कविता लेखे । तर पनि उनको आफ्नो जन्म भूमिसँगको माया कहिले कम भएन ।
......
धेरै दिनसम्म चुल्हा रोयो, मिल थियो उदास

जनतामा उनको गहिरो लगाव र आफ्नो स्वतन्त्र स्वभावका कारण उनी पार्टीमा अर्थात संगठमा लामो समय रहन सकेनन । उनले केही आशाको किरण देखे भने उनी त्यही वातावरणमा गहिरिएर लाग्थे । जब उनी गहिराईमा हराउन थाल्थे । उनी विरोधमा खडा हुन्थे । नेताहरु र इन्दिराको कल्याणकारी नीतिहरुको प्रशंसा गर्दा गलत गर्नेप्रति सधैं विरोधमा उत्रिए । 

उनको कवितामा धेरै दिनसम्म चुल्हा रोयो मिल उदास भयो । उनले राम्ररी बुझेका थिए । सन् १९६६ को समय थियो । बिहारमा अकालको अवस्था सृजना भएको थियो । जब स्थिति सुध्रिदै गयो अनि बाबाले कविता लेखे –
धेरै निदसम्म चुल्हा रोयो मिल बन्यो उदास
धेरै दिनसम्म कानी कुकुर सुत्यो उसको पास
धेरै दिनसम्म छेपारो भित्तामा हिड्यो 
केही दिनसम्म मुसाको पनि भयो हालत खराब
खाना आयो घरमा केही दिनपछि 
धुँला उड्यो आँगनको केही दिनपछि
केही दिनपछि घरको पुरै आँखा चम्कियो
केही दिनपछि कागले पनि खुशी बाड्यो 

.....
गुलाबी चुरादेखि आपतकालसम्म कविताहरुले सबै सहभागि थियो 

घरमा अन्नको आगमनसँगै अन्य सदस्य र जनावार मात्र होइन आकाशमा पनि किरण देखिन्छ । साधारण कवि नार्गाजुनले त्यस्तो आरामदायी ढंगले सर्वसाधरणलाई खुसी दिने कविता लेख्थे । बाबा साँच्चै गरिब, किसान र सर्वसाधरणको आवाजको बारेमा कविता लेख्थे । 

आफ्नो छोरीको लागि गुलाबी चुरा लिएर जाने बस ड्राइभर कलकत्ता रहेका मजदुर, जेल परेका व्यक्तिहरु पीडामा रहेका व्यक्तिहरु सबैको आवाज उनको कवितामा आएको देखिन्छ । 

नगार्जुनलाई उनका साहित्यिक सेवाहरुका लागि राजेन्द्र शिखर सम्मान र सन् १९६८ मा एकदामी पुरस्कार (उनको एतिहासिक मैथेली रचना ‘पत्रहीन नग्न गाछ’ सम्मान) बाट उनलाई उत्तर प्रदेशको भारत भारतीबाट सम्मान गरिएको थियो । 

उनको प्रख्यात पुस्तक ‘जमनियाका बाबा’ सन् १९७९ मा अमेरिकामा अनुवाद ‘होली म्यान अफ जमनिया’ को रुपमा प्रकाशित भएको छ । 

(अमर उजालाबाट साभार, आयुष्मा बस्नेतको अनुवाद ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर