भूवन केसीले सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार शैलीमा कुराकानी गरेको स्वेताको आरोप

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा  अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र  भुवन केसीबीच द्वन्द सरु भएको छ । 

साम्राज्ञीले भूवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएसँगै अहिले सामाजिक सञ्जालमा को सही अनि को गलत भन्ने बहस सुरु भएको छ । साम्राज्ञीले भुवन केसीले आफूलाई पाँच वर्ष अघि दुर्व्यवहार गरेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । सँगै केही दिनअघि मात्रै भुवन केसीले चलचित्र कलाकार संघमा गई साम्राज्ञीले नभएको आरोप लगाएको भन्दै छानविन हुनुपर्ने मागसहित निवेदन दिएका थिए । 

यसै बिच भूवन केसीललाई फेरी स्वेता रेग्मीले आफूलाई पनि सामाजिक सञ्जाल मार्फत दुर्व्यवहारको शैलीमा कुराकानी गरेको बताएकी छन् ।

उनले केही दिन अघि उनले भुवन केसीसँगको फेसबुक च्याटको स्क्रिन सट  राखेर भिडियो बनाएकी छन् । उक्त स्क्रिन सटमा भुवन केसीले स्वेतालाई फिल्मको लागि अवसर दिन्छु, तिमी राम्री छौं लगायतका कुराहरू पठाएको देखिन्छ । स्वेताले भने भूवनसँग सामान्य रुपमै कुराकानी गरेकी छन् । 

 

 


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर