फिल्म भन्दा धेरै प्रेमको कारण चर्चामा रहेकी अभिनेत्री नीता गुप्ता विवाह अगाडीनै बनेकी थिइन् आमा

एजेन्सी । बलिउड अभिनेत्री नीता गुप्ताको आज जन्मदिन परेको छ । ६१  वर्षकी निताले फिल्ममा भावुकदेखि कमेडिासम्मको भूमिका निभाएकी छन् । उनले कमर्शियल फिल्मको साथ साथै आर्ट फिल्लमा पनि काम गरेकी छन् । 

सन् १९९४ मा आएको फिल्म ‘वोह छोकरी’ मा सह –अभिनेत्रीको रुपमा काम गरेकी उनले  त्यही फिल्मबाट राष्ट्रिय फिल्म अवार्ड पाएकी थिइन् । त्यही वर्ष उनले फिल्म ‘बाजार सीताराम’ बाट बेस्ट फस्ट नन फिचर फिल्म अवार्ड पनि पाएकी थिइन् । 

दिल्ली विश्वविद्यालयबाट संस्कृतमा एमए र एमफिल गरेकी नीताले फिल्मबाहेक धेरै टेली सिरियलमा पनि काम गरेकी छन् । यसका साथै  धेरै अन्तराष्ट्रिय फिल्ममा पनि काम गरेकी छन् । जसमा सन् १९८२ मा रिलिज भएको गान्ध : द डिसीभर , सन् १९८८ ‘मार्जा गालिब’, सन् १९८९ ‘कोटन म्यारी’ लगायतका छन् । 

सन् २०१८ मा रिलिज भएको फिल्म ‘ बधाइ हो ’ बाट फेरी अभिनयमा फर्केकी नीताले सबैको मन जित्न सफल भएकी थिइन् । साथै उनी फिल्म ‘पंगा’ र ‘शुभ मंगल ज्यादा सवाधान’ मा पनि विशेष भूमिका निभाएर दर्शकको मन जितेकी छन् । 

अलोक नाथसँग नीताको प्रेम
कुनै एक समय थियो, नीता विशेष गरी फिल्मको कारण भन्दा पनि प्रमे अफेयरको कारण चर्चामा आउथिइन् । भनिन्छ उनको पहिलो प्रेम आलोक नाथ थिएन । उनीहरुको भेट सन् १९८० को दशकमा एक टिभी कार्यक्रममा भएको थियो । तर उनीहरुको प्रेम निकै कम समयसम्म रह्यो ।

शारंगदेवसँग हुनेवाल थियो विवाह
नीताको दोस्रो अफियर भारतीय शास्त्रीय गायक पन्डित जयसराजका छोरो शारंगदेवसँग थियो । दुर्ब जना विवाह गर्ने निर्णयमा पुगेका थिए । अन्त्यमा शारंगदेवले विवाह गर्न अस्वीकार गरे । त्यो समय नीता निकै चिन्तामा डुबेकी थिइन् ।

विवियन रिचर्ड्ससँग अफेयर
नीता गुप्ताको तेसा्रे अफिेयर वेस्ट इन्डिजको क्रिकेट टिमका कप्तान विवियन रिचर्ड्ससँग चलेको थियो । विवियन सन् १९८० का दशकका वेस्ट इन्डिज क्रिकेट टिमबाट खेल्न भारत आएका थिए । त्यो समय विवियन विवाहित थिए  उनको दुई बच्चा थिए । तर  उनी श्र।ीमतिसँग छुटिएर बसेका थिए । नीता र विवियनको भेट एक पार्टीमा भएको थियो । उनीहरु छोटो समयमै धेरै नजिक भएका थिए । जसको कारण नीताको पेटमा विवियनको बच्च थियो । 

२००८ मा विवाह
नीता र विवियनको विवाह भएन । तर नीताले दुबै परिवारको विरोधमा पनि छोरी मसाबा गुप्तालाई जन्माइन् । सन् २००२ मा उनको भेट दिल्ली चार्टेट अकाउन्टेन्ट विवके मेहरासँग भयो । उनीहरुले केही वर्ष एक अर्कालाई डेट गरे । अनि दुबैले सन् २००८ मा विवाह गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर