प्रमुख प्रतिपक्ष दलको विरोध, मन्त्रालयकाे रातो किताब पढ्न संसदमा अनुपस्थित

सुर्खेत । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २३ औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको छ ।

शनिवारको बैठकमा अनुपस्थित भएको नेपाली काँग्रेसले सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याएका छन् । पहिलो चरणमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयले रातो किताब ल्याएका हुन् । 

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदिय दलका नेता जीवन बहादुर शाहीले सरकारले आफ्नो माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याए पनि सबै मन्त्रालयले नल्याउने बेला सम्म आफुहरु रोकिएको जानकारी दिए, ‘उनले भने,’ ‘सबै मन्त्रालयगत किताबहरु आएपछि ती किताबहरु अध्यायन गरेर मात्रै आफ्नो धारणा सहित प्रदेश सभाको बैठकमा उपस्थित हुने छौ ,।’

शनिवारको प्रदेश सभाको बैठकमा शुरुमा प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीलाई सभामुख राजबहादुर शाहीले ३ पटक सम्म नाम बोलाउदा पनि कोहि पनि उपस्थित नदेखेपछि बैठकलाई अगाडि बढाएका थिए । 

प्रतिपक्षी दल राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शोसिला शाहीले सभामुख राजबहादुर शाहीलाई बैठकमा प्रमुख प्रतिपक्षी दल किन उपस्थित नभएको भनेर सोध्दा उल्टो सभामुख राजबहादुर शाहीले किन नआएको केहि खवर भए जानकारी पाउँ भनि उल्टो प्रश्न गरेका थिए ।  

बजेटमाथि असुन्तुष्टि जनाउदै आएको काँग्रेसले गत असार १०, ११, १५, र १८ गते प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठकमा सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका लागि संसद बैठक सारिएको थियो । तर  शनिवारको  बैठक भने कांग्रेस सांसदहरुले सभामा उपस्थिति नभएरै बहिष्कार गरे ।

कतिपय मन्त्रालयहरुका किताबहरु अझै आईनसकेकोले बैठकमा भाग नलिएको प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले बताए । उनले भोलि हुने बैठकमा किताबहरुको स्थिती हेरी भाग लिन सक्ने जानकारी दिए । ‘आज खासै हामीले उठाउनुपर्ने विषयगत मन्त्रालयको छलफल पनि थिएन’, उनले भने ‘सबै मन्त्रालयहरुको बजेट किताब मन्त्रालयगत रुपमा नआईसकेको कारण हामी बैठकमा सहभागी नभएका हौं ।’

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बैठक भने सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशसभामा प्रतिपक्षमा ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाको तर्फबाट सांसदहरु रहेका छन् । जम्मा ४० जना सांसद मध्ये ३३ जना नेकपाका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर