• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

थप २३२ जनामा नयाँ संक्रमण, संक्रमित संख्या १५, ४९१

काठमाडौं । थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षणमा संक्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर