• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भारतमा १५ अगस्टसम्ममा कोरोना खोप बन्ने

एजेन्सी । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको बिबीसी हिन्दीले जनाएको छ । 

यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले मिलेर बनाइरहेका छन् । 

आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण पूरा भए १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधरणका लागि उपलब्ध गराउन सकिने जनाएको छ । 

क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले गएको २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए । 

पत्रमा डाक्टर भार्गवले लेखेका छन्, ‘कोरोना रोकथामको लागि आईसीएमआरको माध्यमबाट बनाइएको खोपको फास्ट ट्रयाक परीक्षणको लागि भारत बायोटेक कम्पनीसँग एक सम्झौता गरिएको छ । कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर यो खोप बनाइएको हो ।’

‘क्लिनिकल परीक्षणपछि आईसीएमआर १५ अगस्टसम्म सर्वसाधरणमा यो खोप पुर्याउन चाहन्छ । भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरिरहेको छ । तर यो खोपको सफलता क्लिनिकल परीक्षणको लागि चुनिएको संस्थानको सहयोगमा निर्भर रहन्छ ।’

भारतमा पहिलो पटक कोरोनाको खोप बनाउने प्रयासमा क्लिनिकल परीक्षणको लागि चुनिएका १२ संस्थानहरु छन्ः

किङ्ग जर्ज अस्पताल, विशाखापटनम 
बीडी शर्मा पीजीआईएमएस, युनिभर्सिटी अफ हेल्थ साइन्सेस, रोहतक
एम्स, नयाँ दिल्ली
एमस, पटना
जीवन रेखा खस्पताल, बेलगाउँ, कर्नाटक
गिल्लुर्कर मल्टी–स्पेसिएलिटी अस्पताल, नागपुर, महाराष्ट्र
राना हस्पिटल, गोरखपुर
एसआरए मेडिकल कलेज हस्पिटल एण्ड रिसर्च सेन्टर, चेङ्गलपट्टु, तमिलनाडु
निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, हैदराबाद, तेलङ्गाना
डाक्टर गंगाधर साहू, भुवनेश्वर, ओडिशा
प्रखर हस्पिटल, उत्तर प्रदेश
डाक्टर सागर रेडकर, गोवा 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर