• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मन्त्रीहरुलाई बालुवाटार बोलाएर राष्ट्रपति भेट्न शीतलनिवासमा प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शतलनिवास पुगेका हुन् । 

पार्टीभित्र बढ्दै गएको संकटकाबीच प्रधानमन्त्री ओलीको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उता, ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । तर, छलफलको विषय भने खुलाइएको छैन् । 

गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेको छ ।

विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर