• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ ।

गएराति चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको हो । चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे । जितसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ । यद्धपी म्यान्चेष्टर युनाईटेडले शीर्ष चारको दौडमा लण्डन क्लबमाथि दबाब कायम राखेको छ ।

चेल्सी ५७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग दुई अंकको अग्रता लिएको छ । पछिल्लो हारले वाटफोर्डमाथि रेलिगेशनको दबाब थपिएको छ । वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर