• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

वालुवाटार वार्ता : नेकपा विवाद समाधानको दिशातर्फ, भोलि बैठकअघि पुनः छलफलमा बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सकेर उनी निस्किएका हुन् । 

नेकपाभित्र बढ्दै गएको आन्तरिक किचलोका कारण पार्टी विभाजनको यात्रातर्फ अघि बढेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको यो छलफललाई निकै महत्वका साथ हेरिएको थियो ।

बैठकमा दुवै अध्यक्षले आ–आफ्नो पक्षका दुई÷दुई जना नेताहरु सहभागी गराएका थिए । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा बैठकमा थिए भने ओली पक्षबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल उपस्थित थिए । 

स्रोतका अनुसार आजको भेटघाटमा विवाद सहमतिय प्रक्रियामा गएको बुझिएको छ । बालुवाटार निकट स्रोतका अनुसार आजको छलफल पार्टी विवाद मत्थर गर्ने दिशातर्फ गएको छ । बैठकमा सहभागी एक नेताले समाचार दैनिसँग भने, ‘पार्टी विवाद कम गर्ने दिशातर्फ आजको बैठक गएको छ । भोलिको बैठकअघि पुनः अध्यक्षद्वय बसेर छलफल गर्ने तय भएको छ ।’

अर्थपूर्ण रुपमा हेरिएको आजको बैठकमा सहमति खोज्ने प्रयास भएको बालुवाटार निकट स्रोतले बताएको छ । पार्टीभित्र चुलिँदै गएको विवादका कारण प्रधानमन्त्री ओली पार्टी विभाजनतर्फको यात्रामा लागेको भन्दै पार्टीबाटै आलोचना सुरु भएको छ । 

१० असारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित स्थायी समिति बैठकमा ओलीको राजीनामा माग भएको थियो । पार्टीका शीर्ष नेताहरुबाटै आफ्नो राजीनामा माग भएपछिओली रुष्ट बनेका हुन् । यसअघि नै पार्टीभित्र छलफल नगरी पार्टी फुटाउने अध्यादेश ल्याउन लागेका प्रधानमन्त्री ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको नेताहरुले दाबी गर्दै आइरहेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टी फुटाउने यात्रामा प्रधानमन्त्रीलाई साथ दिइरहेको भन्दै विरोध भइरहेको छ । साढे २ वर्षअघि एकता गरि दुई तिहाई सहितको सरकार संचलन गर्दै आएको नेकपाभित्रको आन्तरिक विवादका कारण एकता संकटमा परेको छ । 

यसैबीच दोस्रो र तेस्रो तहका नेताहरुले समेत शीर्ष तहमाथि हस्तक्षेप बढाएका छन् । पटक पटक उधारोमा सहमति गरेर पछुताउने पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पनि ओली संकटको बेलामा प्रधानमन्त्री र अध्यक्ष दिएर आफूसँग सहमति गर्न भनेको विषय बाहिरिसकेको छ । 

उता, प्रधानमन्त्री ओलीको पक्षमा केही युवाहरु सडकमा समेत प्रदर्शन गरिरहेका छन्। सत्तारुढ दल नै सडकमा उपस्थित हुनुले गणतन्त्रलाई नै धरापमा पार्ने काम भएको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर