• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोभिड–१९ उपचारमा हाइड्रोक्लोरोक्विन र एचआईभीको औषधीको प्रयोग नगर्न डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ ।

कतारी समाचार संस्था अलजजिराका अनुसार, उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ सङ्क्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड–१९ का विरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमुलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ । 

‘अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,’ विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ । 

विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर