• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कर्णालीमा दुई चिकित्सकसहित सात जना स्वास्थ्यकर्मीले कोरोना जिते

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत दुई चिकित्सक र अन्य ७ जना स्वास्थ्यकर्मीले कोरोना जितेर डिस्चार्ज भएका छन् । 

कोरोना संक्रमण देखिएका कर्णाली प्रदेश अस्पतालका दुई चिकित्सक र अन्य ७ जना स्वास्थ्यकर्मी निको भएर  आइतबार डिस्चार्ज भएको अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका  छन् । 

कोरोना विशेष अस्पतालको ‘फोकल पर्सन’समेत रहेका वरिष्ठ चिकित्सकसहित अर्का एक चिकित्सकमा असार ११ गते कोरोना पुष्टि भएको थियो  भने अन्य ७ जना स्वास्थ्यकर्मीहरुमा असार ८ जते कोरोना पुष्टि भएको थियो । 

चिकित्सकसहितको टोलीलाई अस्पतालको निवासक्षेत्रमा रहेको आइसोलेसनमा राखिएको थियो । पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आइसोलेनबाट बाहिर निस्किएको ती चिकित्सकले बताए । ‘हामी दुवै जना पूर्ण रूपमा स्वस्थ भएका छौं, कोरोनाको कुनै लक्षण पनि छैन,’ उनले भने, ‘अब करिब एक हप्तामा ड्युटीमा फर्किन्छौं होला ।’

कर्णालीमा पछिल्लो समय कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । सामाजिक विकास मन्त्रालयलका अनुसार शनिबारसम्म संक्रमित १ हजार ४ सय ८९ मध्ये १ हजार २ सय १ जना डिस्चार्ज भएका छन् । 

अहिले २ सय ८२ जना प्रदेशका विभिन्न आइसोलेसनमा रहेका र संक्रमितमध्ये ६ जनाको मृत्यु भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर