• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पीसीआर परीक्षणमा तिब्रता दिन मानवअधिकार आयोगको सरकारसँग आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयाेगले पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नेपाल सरकारलाई पुनः आग्रह गरेकाे छ। काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा संक्रमण फैलिएमा स्थिति भयावह हुनसक्ने भन्दै आयाेगले यस्ताे आग्रह गरेकाे हाे। 

'काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा संक्रमण फैलिएमा स्थिति भयावह हुनसक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन, बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न र पीसीआर परीक्षणलाई तीब्रता दिई नागरिकको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न आयोग नेपाल सरकारलाई पुनः आग्रह गर्दछ,' आयाेगका  प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयाेगले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड– १९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैँलदै गैरहेको अवस्थामा काठमाडौं उपत्यकाका ढलहरुमा समेत कोभिड– १९ को भाइरस भेटिएको भन्ने सञ्चार माध्यममा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएकाे छ। 

आयोगले नेपाल बार एशोसियन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यको आधारमा यस अघि पनि पीसीआर परीक्षण बढाउन तथा क्वारेन्टाइनहरू व्यवस्थित गर्न पटकपटक नेपाल सरकारलाई आग्रह गर्दै आएको स्मरण गराएकाे छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर