• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेकपा विवाद केन्द्रीय कमिटीमा ल्याउन हस्ताक्षर अभियान 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तेस्रो तहका नेताहरुले पार्टीभित्र देखिएको विवाद केन्द्रीय कमिटीमा ल्याउनका लागि हस्ताक्षर अभियान शुरु भएको छ । पछिल्लो समय बढ्दै गएको पार्टीको आन्तरिक विवादलाई केन्द्रीय कमिटीमा ल्याउनपर्ने भन्दै दोस्रो तहका नेताहरुले हस्ताक्षरण संकलन कार्य सुरु गरेको केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले जानकारी दिए । 

उनका अनुसार आइतबार ५३ जनाले हस्ताक्षर गरिसकेका छन् । पार्टीका एक चौथाई सदस्यले बैठक माग गरे बोलाउनपर्ने प्रावधान अनुसार अभियान संकलन सुरु भएको उनले बताए । एक चौथाई संख्या पुगेपछि अधयक्षद्वयलाई बुझाउने तयारी गरिएको उनले समाचार दैनिकलाई बताए । 

जसका लागि २५ प्रतिशत केन्द्रीय समिति सदस्यहरुको हस्ताक्षर आवश्यक पर्छ । उनले समाचार दैनिकसँग भने,‘स्थायी कमिटीले पार्टी विवाद हल नगरे कसले गर्छ र ? विभाजन स्वीकार गर्न सकिँदैन् । त्यसैले पनि यो विषय केसमा ल्याउनपर्छ ।’ धेरै सदस्यहरु काठमाडौं बाहिर भएकाले बाँकी हस्ताक्षर संकलनको अभियानमै रहेको उनले बताए । 

सहमति वा विमत्ति जे भएपछि केन्द्रीय समितिमा ल्याएपछि त्यसको स्वामित्व पार्टीले लिने उनको भनाई छ । जसका लागि १ सय १५ जनाको हस्ताक्षर आवश्यक पर्छ । 

नेकपाभित्र बढ्दो आन्तरिक विवादको निश्कर्ष खोज्नपर्ने नेताहरुले माग गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर