• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

झ्यालबाट देखिएका उत्कृष्ट ५ तस्बिर सार्वजनिक

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सय भन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट ५ छनौट भएको छ । 

लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना को उत्कृष्ट पाँचमा छनौट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, शुसिल पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ थिए ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा  केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो । 
विजयीहरुलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बिजयीहरुलाई वधाइ एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि बोर्डको नेपाल प्रबद्र्धन गर्ने अभियानहरुमा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर