• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

युपीको गाजियावादमा मैनबत्ती फ्याक्ट्रीमा आगलागी हुँदा ८ को मृत्यु

एजेन्सी । भारत उत्तर प्रदेशको गाजियाबाद जिल्लामा मैनबत्ती बनाउने एक फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ६ जना महिला र अन्य बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीमा अन्य थुप्रै घाइते भएको बताइएको छ । 

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गाजियाबाद जिल्ला अधिकारी र प्रहरीलाई जितसक्दो चाँडो पुगेर उद्धार गर्नका लागि निर्देशन दिएको पनि बताइएको छ । 

अपरान्हको ४ बजेतिर कारखानको एक छानामा आगो लागेपछि पुरै फ्याक्ट्रीमा आगो फैलिएको आग्नि नियन्त्रण कार्यलयका अधिकारी सुनील कुमार सिंहले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर