स्पेनीस ला लिगा– भिल्लारियालविरुद्ध वार्साको शानदार जित
स्पेनीस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको शानदार जित निकालेको छ । यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानको रियालसँगको दुरी फेरी चार अंकमा झार्न समेत सफल भएको छ ।
भिल्ला रियलको मैदानमा भएको खेलमा बासिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई अग्रता लियो । तर १४ औंमिनेटमा भिल्ला रियलका जेरार्ड मोरिनोले गोल गर्दै खेल एक एक गोलको अवस्थामा पुर्याए ।
खेलको २० औं मिनेटमा लियोनल मेस्सीको पासमा लुइस स्वारेजले गोल गरे । ४५ औं मिनेटमा फेरी लियोनल मेस्सीले नै मिलाइदिएको पासमा ग्रिजमनले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पुर्याए ।
ग्रिजमनको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका फाटीले ८६ औं मिनेटमा गोल गरे । जसका कारण बार्सिलोनाले चार एकको फराकिलो जित निकालेको छ । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियालको समान खेलबाट ७७ अंक छ ।
प्रतिकृया दिनुहोस