• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पार्टीभित्र र कांग्रेससँग समानान्तर छलफलमा प्रधानमन्त्री ओली, जस्तोसुकै कदम उठाउन पनि तयार

काठमाडौं । प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् । पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन् ।


विवाद मिलाउन पार्टीभित्र पनि निरन्तर संवाद भइरहेको छ । आइतबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच संवाद भएको छ । ‘म प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ, अन्य विषयमा छलफल गर्न तयार छु,’ उनले फेरि पनि दोहो¥याएका छन् । 

ओलीले पार्टीभित्रैबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूलाई हटाउने र राष्ट्रपति विद्या भण्डारीलाई महाअभियोग लगाउने तयारी गरिरहेको दाबी गरेपछि आइतबार यसै विषयमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच संवाद भएको छ । 

राष्ट्रपतिलाई स्पष्ट पार्न भन्दै प्रचण्ड, नेपाल र खनाल आइतबार शीतलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले बालुवाटारमा ओलीलाई भेटेका थिए । उनीहरूबीच सहयोगी नेताहरूसहित करिब पौने दुई घन्टा छलफल भए पनि मुख्य एजेन्डामै प्रवेश नगरी छलफल टुंगिएको थियो । 

दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए । 

एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई चुनौती दिएर खुमलटारमा निरन्तर सचिवालय नेताहरूको छलफल राखेर आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेको समाचार आजको नयाँ पत्रिकामा रमेश सापकोटा र शुरोजङ्ग पाण्डेले समाचार लेखेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर