• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

महाधिवेशनको कार्यतालिकामा छलफल गर्न कांग्रेस कार्यसमिति आज पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक पार्टी कार्यालय  सानेपामा दिउँसो २ बजे बोलाइएको छ ।  बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका निर्माणबारे छलफल  जारी रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो ।

सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ । यसअघि आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे केन्द्रीय सदस्यहरुले चासो राखेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर