किन आयो चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट ?

इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । 
    
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड छ लाख एक हजार ६७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा आठ करोड तीन लाख २५ हजार ७८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ । 

    केन्द्रका अनुसार चालु आर्थिक वर्ष ०७६÷७७ साउन–जेठ भन्दा आर्थिक वर्ष २०७६÷७७ ९साउन–जेठ० मा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ । प्रवद्र्धन केन्द्रका अनुसार गएको आव ९साउन–जेठ०मा रु दुई अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आव ९साउन–जेठ०मा रु दुई अर्ब छ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ । 
    
यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैँचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्ष ०७५÷०७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९८५ किलोको अलैँची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु चार अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा रु तीन अर्ब ४६ करोड दश करोड ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ । 

यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ । गएको आव २०७५÷०७६ ९साउन–जेठ०मा एक करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु ४२ करोड २१ लाख ६७ हजार २०० बराबरको आय भए पनि यस आवको सोही अवधिमा रु ३६ करोड ५० लाख ८७ हजार  बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर