• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 08:04 pm

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं  । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज ८९०००००१ देखि ट ३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुनको भाउ उकालो लाग्ने क्रम जारी, मंगलबार नयाँ रेकर्ड कायम

  • २० श्रावण, २०७७

काठमाडौं  । नेपाली बजारमा मंगलबारपनि सुनको भाउ उकालो लागेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल

विद्युत् महसुलवापत नवलपुरमा २१ करोड रूपैयाँ संकलन

  • २० श्रावण, २०७७

नवलपुर। नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ। नवलपरासी

कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

  • २० श्रावण, २०७७

इनरुवा ।  प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड–१९ नियन्त्रण