• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

सिक्टा सिँचाइको पानी खेतबारीमा पुगेपछि किसान लाभान्वित

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि स्थानीय लाभान्वीत भएका छन् । 

आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानहरु लाभान्वित भएका हुन् । सिक्टाको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा किसानहरुले बताएका छन् । 

धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुराइएको सिक्सा सिँचाइ आयोजनाले जनाएको छ । 

पश्चिमीमूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको आयोजनाले जनाएको छ । 

पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना धानखेतीलाई सहजै सिँचाइ दिन सकिने बताएको छ । 

यसअघि परीक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मूल नहर पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चङ्गाई नाला नजीक भत्किएको थियो। 
अहिले दुई महिनाभन्दा बढी समय सञ्चालन हुँदा पनि नहरमा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर