• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ओली–प्रचण्ड वार्ता : विषय केन्द्रित छलफल सुरु, भोलि पुनः अध्यक्षद्वय जुट्ने

आवश्यक परे अन्य नेताहरुलाई छलफलमा सहभागी गराइने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुइ अध्यक्षबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमाा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल केहीबेरअघि मात्र सकिएको हो । 

स्रोतका अनुसार डेढ घण्टा लामो छलफलमा सौहार्दपूर्ण वातावरणमा विषय केन्द्रित भएर कुराकानी भएको छ । 

आजको बैठकमा गम्भीरतापूर्वक विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले बतायो । ‘अध्यक्षद्वयबीच आज गम्भीरतापूर्वक विषयमा छलफल भएको छ । त्यो छलफललाई भोलिपनि निरन्तरता दिने र अध्यक्षहरु वान टू वान नै बस्ने तय भएको छ ।’, स्रोतले समाचार दैनिकसँग भन्याे,‘आवश्यक परे अन्य नेताहरुलाई पनि राखेर छलफल हुन्छ ।’

साथै, आइतबार साँझ सामाजिक सञ्जालमा भएको प्रोपोगान्डाप्रति अध्यक्ष दाहाल निकै गम्भीर भएका छन् । ‘हिजो जुन प्रापोगान्डा भयो यो कुरा अफवहाको रुरुपमा बाहीर गयो त्यो कुनैपनि कुरा सत्य होइन त्यो कुरा प्रति संवेदनशील अध्यक्षद्वय गम्भीर हुनुहुन्छ ।’

पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नेगरी आज छलफल भएको बुझिएको छ । 

पार्टीभित्र पछिल्लो सयम बढ््दै गएको आन्तरिक विवादका कारण पार्टी फुटको संघारमा पुगेको नेताहरुले बताउन थालेका थिए । तर, पछिल्लो पटक भएका दुईवटा छलफल सकारात्मक भएसँगै पार्टी विवाद मत्थर हुनेजस्तो देखिएको छ । यद्यपी अध्यक्षद्वयको छलफलमा अन्य नेताहरुलाई समेत सहभागी गराएर वा पार्टी बैठकमा अध्यक्षद्वयको धारणा लिएर अघि बढ्ने सहमति भएको छ । 

प्रधानमन्त्री ओलीेको पार्टीभित्रबाटै चर्को राजीनामाको माग भएपछि विवाद उत्कर्षमा पुगेको थियो । 

आइतबार पनि अध्यक्षद्वयबीच छलफल भएको थियो । आ–आफ्नो पक्षका दुई÷दुई जना विश्वासिला नेताहरुलाई राखेर भएको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक भएको र विवाद समााधानतर्फ उन्मुख भएको नेताहरुले बताएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर