• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणी ढकालसहित ५ जना विरुद्भ भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणी ढकालसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले प्राविधिक इन्जिनियर शिरोमणी ढकाल र अशोक रोकाय र निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने श्री बालेश्वरी मा.वि. भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम-५ भारदेउ ललितपुरका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठ विरुद्ध १५ लाख ५७ हजार ९ सय ८२ विगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.-५ का वडाअध्यक्षले उक्त वडामा पर्ने बालेश्वरी मा.वि. ललितपुरको निर्माण भवनको निर्माणको मुल आर.सी.सी. संरचनामध्ये भवनको पिलरमा कमसल सामान प्रयोग गरी बनाएको र चेक गर्दा सम्झौतामा उल्लेख भएबमोजिमको Strength भन्दा न्यून पाइएकोले मुख्य निर्माण कार्य नै गुणस्तरहिन भएका कारण भवन निर्माणको लागि भुक्तानी भएको रु. १५,५७,९८२।– रकम हानिनोक्सानी भएको अनुसन्धानमा खुल्न आएको अख्तियारले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर