कैलालीमा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप (भिडियोसहित)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको छ ।

सोमबार साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबीच भएको विवादमा हात हालाहालसम्म पुगेको थियो ।  प्रत्ययक्षदर्शी  स्थथानीयका अनुसार ओली पक्षले- ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो । 

सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउको भाषण गरेका थिए । लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि जाइलागेका थिए । झडप सुरुभएपछि प्रहरीको टोलीले साम्य पारेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर