• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

इजरायले लञ्च गर्यो नयाँ जासूसी उपग्रह, इरानको परमाणु गतिविधिको निगरानी गर्ने

तस्विर : एपी

एजेन्सी । इजरायलले एक नयाँ जासुसी उपग्रह लञ्च गरेको छ, जसले आफ्नो सैन्य गोप्य जानकारीका लागि उच्च–गुणस्तरको निगरानी प्रदान गर्ने बताइएको छ । 

‘ओफोक १६’ नाम दिइएको उक्त उपग्रह स्थानीय समयअनुसार विहानको ४ बजे प्रक्षेपण गरिएको सोमाबार इजरायलको रक्षा मन्त्रालय र इजरायल एइरोस्पेस इन्डस्ट्रीले एक जारी बयानमा बताएको अलजजिराले जनाएको छ । 

‘उच्च क्षमता भएको विद्युत–प्रकाशकीय निगरानी उपग्रह... विभिन्न परीक्षणहरु गर्नेछ,’ बयानमा भनिएको छ । यस उपग्रहद्धारा खिचिएको तस्विर एक साताभित्रमा प्राप्त हुने विश्वास गरिएको छ । 

उपग्रहको मिशनको बारेमा थप जानकारी दिइएको छैन, तर इजरायलको सरकारी रेडियोले यस उपग्रहको उपयोग क्षेत्रीय प्रतिद्धन्द्धी इरानको परमाणु गतिविधिको निगरानीका लागि गरिने बताएको छ । यद्यपि, तेहरानले उसको परमाणु कार्यक्रको कुनै सैन्य परिमाण नभएको बताउँदै आएको छ । 

रक्षामन्त्री तथा वैकल्पिक प्रधानमन्त्री बेनी गान्ट्जले इजरायलको सुरक्षाका लागि जासुसी क्षमता ‘अत्यावश्यक’ रहेको बताएका छन् । ‘हामी प्रत्येक पक्ष, हरेक ठाउँमा इजरायलको क्षमताहरुलाई अझ बलियो बनाइराख्नेछौँ,’ उनले भनेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर