प्रदेश पाँचका सांसद भन्छनः प्रदेश सरकारको अनुभुती जनताले गर्न पाएनन

बुटवल । प्रदेश पाँच सरकारले जनअपेक्षा अनुरुप काम नगरेको आरोप प्रदेशका सांसदहरुले लगाएका छन । समयमै वीउ तथा मल उपलब्ध नगराउदा किसान मर्कामा परेको तथा बाढी पहिरोबाट पीडित भएका जनता माझ सम्म पनि प्रदेश सरकार पुग्न नसकेको गुनासो उनीहरुले राखेका छन । 

सोमवारको प्रदेश सभाको बैठकमा विशेष समयमा वोल्दै सांसदहरुले विकास निर्माणका काममा पनि वेथिति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन । सडक निर्माण अन्तरगत ठेक्का भएका कामहरु गुणस्तरहीन गरेर ठूलो रकम दुरुप्रयोग गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कर्मचारीहरु लागि परेको प्रदेश सा.सदको आरोप छ । 

विशेष समयमा वोल्दै काग्रेस सांसद अष्टभुजा पाठकले अहिले किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरे । त्यस्तै ठेक्का गरेका सडक योजनाहरुमा वेथिति बढेको उनले बताए । ४० लाखका ठेक्का भएका सडकमा ८ टिप्पर मिस्कट खसालेर फर्छौट हुने प्रक्रियामा रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए । करोडका ठेक्का भएका सडकहरुका काम कसरी भएका छन भन्ने बारेमा बुझ्न गाह्रो भएको धारणा समेत उनले राखे । ठेकेदार साइटमा नभेटिने सम्वन्धित निकायका इन्जिनियरहरु जवाफदेही नवन्दा विकास निर्माणको बजेटमा अनियमितता बढ्दो रहेको उनले बताए ।

सत्ता पक्षका सांसद दिनेश पन्थीले गुल्मीमा पहिरोले पु¥याएको क्षतिको विवरण प्रस्तुत गर्दै विपतको समयमा प्रदेश सरकारको ध्यान नपुगेको बताए । प्रदेश सरकारको उपस्थीत नहुदा जनतामा निरासा र आक्रोस पैदा भएको भन्दै समयमा राहतका कार्यक्रम पु¥याउन सरकारको ध्यानाकर्षण गराए । 

उनले सलहले पनि क्षति पु¥याएको भन्दै किसानका समस्यामा सरकारले ध्यान पु¥याउनुपर्ने धारणा राखे । 

त्यस्तै गुल्मीकै अर्का सांसद खडकवहादुर खत्रीले प्रदेश सरकारले छिटो भन्दा छिटो राहत र सुरक्षाका कार्यक्रम लैजानुपर्ने बताए । 

अर्का सांसद इन्द्रप्रसाद खरेलले कार्यालयहरुमा ढिलासुस्ती हुने देखि कर्मचारीहरुले ठीक सग काम नगर्दा विकासका कामले गति लिन नसकेको भन्दै कमिसन, घुस, ढिलासुस्ती रोक्दै अगाडी बढुनुपर्ने आवश्यकतामा जोड दिए । का.ग्रेस र कम्युनिष्टको सरकारमा फरक नदेखिएको भन्दै फरक देखाउन काममा लाग्नुपर्ने उनको भनाय छ । बाकेमा कृषि ज्ञान केन्द्र मार्फत काम नलाग्ने कृषि उपकरणहरु किसानलाई बाढ्ने काम भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण समेत उनले गराए । 

त्यस्तै सांसदहरु तुलाराम घर्तिमगर, बैजनाथ कलवारले कोरोना परिक्षण अझ ब्यवस्थीत हुनुपर्ने धारणा राखे । सांसद तारा जिसिले मापदण्ड विपरितका क्वारेन्टाइन रहनु तथा विरामीको रेखदेखमा समेत वेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन । विशेष समयमा केही सा.सदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने काममा ढिला सुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर