बजेट आएको तीन सातासम्म चल्न सकेन प्रदेशसभा, प्रतिपक्षीको अवरोध जारी 

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार सातौं पटक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले सदनभित्रै नाराबाजी तथा विरोध जारी राखेपछि मंगलवारको प्रदेश सभा वैठक पनि अवरुद्ध भएको हो । बजेट आएको तीन साता बढी भइसक्दा पनि सदन चल्न सकेको छैन ।

सरकारले प्रतिपक्षी दलहरूसंग पटक पटक छलफल गरे पनि निकास भने निस्केको छैन । वार्तामा सहभागि भएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रणबहादुर रावलले सरकारले गर्छु मात्र भन्ने, तर लिखित प्रतिवद्धता नदिने गरेको बताए । उनले भने, ‘विगतमा पनि हामी सरकारसंग उधारो सहमति गरेर झुक्किएका छौं । यो पाली हामीलाई लिखित नै सहमति चाहिन्छ ।’

सोमबार विहान प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा प्रतिपक्षी दलहरूसंग छलफल भएको थियो । छलफल निष्कर्ष विहिन भएको एक प्रदेश सभा सदस्यले जानकारी दिए । ‘सरकारले प्रतिपक्षीका मागहरू पुरा गर्न गम्भीर भएको देखिदैन” उनले भने– जबसम्म माग पुरा हुँदैन तबसम्म हामी सदन चल्न दिदैनौ । प्रदेश सरकारले मुखले मात्रै गर्छु त भनेको, तर लिखित प्रतिवद्धता दिन नमानेको उनले भने । 

सरकारसंगको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता रावल, सांसद गोविन्दबहादुर बोहरा र जनता समाजवादी पार्टीका नेता कृष्णबहादुर चौधरी सहभागी थिए । सरकारका तर्फबाट मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा सहभागी थिए ।

सरकार र प्रतिपक्षीबीच छलफल नटुङ्गिएपछि सोमबार साँझ नै प्रतिपक्षी दलसंग प्रदेशका सभामुखले छलफल गरेका थिए । सदन नचल्दा बजेटमाथिको छलफल अघि बढ्न नसकेको भन्दै सदन कसरी सञ्चालन गर्ने भनेर सभामुखसंग छलफल भएको प्रमुख प्रतिपक्षी दलका नेता रावलले बताए । उनले भने, ‘सोमबारको बैठक स्थगित भएपछि सभामुखले सामान्य छलफल गरेका हुन । हामीले सरकारले चाहे सदन सञ्चालन गर्न सकिने प्रतिक्रिया दिएका थियौं ।’

उनले प्रतिपक्षीका माग सरकारले पुरा गरे सदन जुन समयमा पनि शुरु हुने सभामुखलाई सुझाव दिएका थिए ।

सभामुखसंगको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता रावल, प्रमुख सचेतक बोहरा, सासद भरतबहादुर खडका, जनता समाजवादी पार्टीका नेता कृष्णबहादुर चौधरी र मालामती राना सहभागि रहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर