कोरोना जितेर घर फर्केका युवकले आत्महत्या गरे

पाल्पा । पाल्पामा कोरोना जितेर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय युवाले कोरोना जितेर घर पुगेकै दिन आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले जानकारी दिए ।  

एक महिना अघि भारतको मुम्बईबाट फर्किएर घर नजिकको जनहित भगवती मा.विमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका उनलाई पिसिआर परीक्षणका क्रममा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा राखिएको थियो ।

 १५ दिन आइसोलेशन बसेपछि कोरोना निको भएर घर फर्किएकै दिन घरको दलानमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी भारतबाट आएर २८ दिन क्वारेन्टिन र १५ दिन अस्पतालको आइसोलेशनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर