• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्याण्डले पहिलो टेष्टमा आज वेष्ट इन्डिजसँग खेल्ने

कोरोना भाइरसका कारण लामो समय रोकिएको अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदैछ । आज इंग्ल्याण्डले पहिलो टेष्टमा आज वेष्ट इन्डिजसँग खेल्नेछ । त्यसका लागि सबै तयारी पुरा भइसकेको छ ।  एजियस रंगशालामा घरेलु टिम इंग्ल्याण्डले वेष्ट इन्डिजसँग खेल्दैछ ।

संक्रमणको जोखिम हुने भन्दै दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । खेलका त्रलममा  बलिङ गर्दा बलरले बलमा थुक लगाउन पाउनेछैनन् । त्यो झुक्किएरपनि गरेको पाइएमा दुइ पटक सम्म चेतावनी दिइनेछ । त्यसपछि पनि नियम नमाने पेनाल्टीस्वरुप पाँच रन बलिङ गर्ने टिमले विपक्षीलाई दिनुपर्नेछ ।

खेलका बेला कुनै खेलाडीमा कोरोना संक्रमणको लक्षण देखिए तत्कालै खेलाडी प्रतिस्थापन गर्न पाउने नियम आइसीसीले बनाएको छ । संक्रमणले अब सामान्य रुप लिए आउँदा दिन अन्य खेल सञ्चालन गर्ने तयारीमा आइसीसी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर